नियम १७६
धरौटी जफत गर्ने
(१) कुनै काम गर्न धरौटी वा जमानत राख्नु पर्ने भई राखिएको धरौटी वा जमानत त्यस्तो काम पूरा नगरेको कारणले प्रचलित कानून बमोजिम वा  शर्तनामा बमोजिम जफत गर्नु पर्ने भएमा अधिकार प्राप्त अधिकारीले निर्णय गरी त्यस्तो धरौटी वा जमानतको रकम जफत गर्नु पर्नेछ ।
(२) नियम १७७ बमोजिम धरौटी रकम फिर्ता पाउने व्यक्तिबाट नेपाल सरकार
वा स्थानीय निकायको बा“की रकम असूल उपर गर्नु पर्ने भएमा त्यस्तो रकम निजले
फिर्ता पाउने धरौटी रकम जफत गरी असूल उपर गर्न सकिनेछ ।
(३) उपनियम (१) र (२) अनुसारको रकम स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ । तर नेपाल सरकारको रकम सम्बन्धित कार्यालयमा पठाइ दिनु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम भएको कारबाहीको जानकारी धरौटी राख्ने सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।